गण्डकी प्रदेशसभामा को को छानिए समानुपातिक सांसद?

हिमाल प्रेस २५ मंसिर २०७९ १७:५९ | Sunday, December 11, 2022
गण्डकी प्रदेशसभामा को को छानिए समानुपातिक सांसद?

पोखरा– गण्डकी प्रदेशसभामा विभिन्न राजनीतिक दलले समानुपातिक सांसदको टुंगो लगाएका छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फ ३६ जना निर्वाचित भएकोमा बाँकी २४ जना सांसद टुंगो लागेका हुन्।

थ्रेस होल्ड कटाएर सिट प्राप्त गरेका गण्डकीका ४ राजनीतिक दलहरूले निर्वाचन आयोगमा आफ्ना सदस्यहरूको सूची बुझाएका हुन्। तीमध्ये एमालेका १०, कांग्रेसका ९, माओवादी केन्द्रका ३ र राप्रपाका २ जना समानुपातिक सांसद छन्।

एमालेबाट खस आर्य महिलामा यशोदा रिमाल र देवका पहारी त्रिपाठी तथा पुरुषमा कृष्णप्रसाद पाठक र प्रकाश केसी छन्।

आदिवासी जनजातिबाट महिलामा बिना थापा, निर्मला थापा र राजकुमारी भुजेल तथा पुरुषमा लिलाबहादुर थापा छन्। दलिततर्फ महिलामा नन्दकला दमाई र पुरुषबाट गोविन्दबहादुर नेपाली समानुपातिकबाट सांसद बनेका छन्।

कांग्रेसबाट ९ जना सबै महिला छन् । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी, आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ, दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद छानिएका छन्।

उता, माओवादी केन्द्रबाट कुशुम बुढा, सुशीला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन्।

गण्डकीका ११ मध्ये मनाङ, मुस्ताङ र तनहुँबाट कुनै पनि समानुपातिक सांसद छैनन्। सबैभन्दा बढी बागलुङले ७ जना, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन्।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा प्रत्यक्ष र समानुपातिक गरी २१ जना महिला र ३९ जना पुरुष सांसद हुने छन्।

हेर्नूस् सूची:

प्रकाशित: २५ मंसिर २०७९ १७:५९ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast