 
                             
                                            पोखरा- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई शपथ गराएका छन्। बुधबार प्रदेश प्रमुख निवास सिमलचौरमा बस्याललाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा शपथ गराइएको हो।
शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका मन्त्रीहरू, नवनिर्वाचित सांसद, प्रमुख सचिवलगायतको उपस्थिति थियो। अब बस्यालले बिहीबार प्रदेशसभा भवन नदीपुरमा अन्य ५९ नवनिर्वाचित सांसदलाई शपथ खुवाउने कार्यक्रम छ। एमालेका बस्यालले पर्वतबाट चुनाव जितेका हुन्। उनी ६५ वर्षका हुन्।
यसैबीच गण्डकी प्रदेशसभाको पहिलो अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम पुस १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 