‘गगनलाई टिमको भोट नआएको विषय छानबिन हुन्छ’

हिमाल प्रेस ६ पुष २०७९ १२:१८ | Wednesday, December 21, 2022
‘गगनलाई टिमको भोट नआएको विषय छानबिन हुन्छ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संसदीय दलको नेतामा गगन थापालाई सोचेअनुसार टिमको भोट नआएको भन्दै छानबिन गर्ने बताएका छन्। पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले सो विषयमा छानबिन गरेर पत्ता लगाउने बताएका हुन्।

यस्तै केसीले निर्वाचन लोकतान्त्रिक संस्कारको सुन्दर पक्ष रहेको भन्दै यो प्रक्रियाबाट आएको परिणामलाई स्वीकार्नुपर्ने बताएका छन्। ‘एकता कायम गर्न आवश्यक छ, जनताको अपेक्षा सम्बोधन गर्न नयाँ सोच र व्यवहार नेतृत्वले दिनुपर्छ,’ उनले भने, ‘एकीकृत गर्दै नयाँ बाटो तय गर्नुपर्छ, पार्टी बासी सोच र विचारले चल्दैन।’

बुधबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको थियो। ८९ सांसदले मतदान गरेका थिए।

टिमकै मत ३२ भएको भनिए पनि थापाले २५ मात्रै मत प्राप्त गरेका थिए। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भने ६४ मत प्राप्त गरे।

प्रकाशित: ६ पुष २०७९ १२:१८ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast