खुमलटारमा प्रचण्ड र ओलीबीच के भयो छलफल?

हिमाल प्रेस १३ पुष २०७९ १४:३५ | Wednesday, December 28, 2022
खुमलटारमा प्रचण्ड र ओलीबीच के भयो छलफल?

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार खुमलटारमा भेटवार्ता भएको छ। ओली दुई वर्षपछि पहिलोपटक प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

ओली र प्रचण्डबीच सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सेवा प्रवाह र सुशासनको विषय कार्यान्वयन तहसम्म पुर्‍याउने विषयमा छलफल भयो,’ उनले भने, ‘भोलि (बिहीबार) बालुवाटारमा फेरि बैठक बस्दै छ।’

बालुवाटारमा हुने बैठकमा सत्तासाझेदार दलका प्रमुख नेताहरूको उपस्थिति रहनेछ। सो बैठकमा मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने मल्लले बताए।

उनका अनुसार नेकपा (एस)लाई पनि सरकारमा सहभागिता गराउने तयारी भइरहेको छ। बुधबार बिहान प्रचण्डले नेकपा (एस) अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए।

प्रकाशित: १३ पुष २०७९ १४:३५ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast