क्रिसमस मनाउँदा कोभिड १९ बाट जोगिन मन्त्रालयको आग्रह

हिमाल प्रेस ९ पुष २०७९ १७:१९ | Saturday, December 24, 2022
क्रिसमस मनाउँदा कोभिड १९ बाट जोगिन मन्त्रालयको आग्रह फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड -१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको बताएको छ। नयाँ भेरियन्टबारे नेपालमा विभिन्न हल्ला चलिरहेका बेला मन्त्रालयले यस्तो जानकारी दिएको हो। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ संक्रमण जोखिम छिमेकी मुलुकहरूमा देखिए पनि नेपालमा भने अहिलेसम्म नयाँ भेरियन्टको संक्रमण पुष्टि नभएको जनाएको हो।

इसाइ धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष, २०२३ का अवसरमा हुन सक्ने भिडभाड अवस्थालाई दृष्टिगत गर्दै मन्त्रालयले सम्भावित संक्रमणबाट जोगिन सर्वासाधारणलाई सचेत गराएको छ।

प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमित गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहनसक्ने अवस्थालाई हेरेर रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी रहेको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न/गराउन मन्त्रालयले सबैमा आग्रह गरेको छ। कोभिड-१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरूले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अपिल गरेको छ।

प्रकाशित: ९ पुष २०७९ १७:१९ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast