क्रिसमस डेका अवसरमा उपराष्ट्रपति पुनले दिए शुभकामना

हिमाल प्रेस १० पुष २०७९ ६:१० | Sunday, December 25, 2022
क्रिसमस डेका अवसरमा उपराष्ट्रपति पुनले दिए शुभकामना

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आपसी धर्म र संस्कृतिले नै नेपालीलाई आपसमा जोडेर राखेको बताएका छन्। इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

‘हाम्रो विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्,’ उनले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास रहेकाले विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम गर्दै आएका छन्।’

नेपालीहरू एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्नुपर्ने उपराष्ट्रपति पुनले उल्लेख गरेका छन्। ‘यसो गर्दा मात्र हाम्रो राष्ट्रिय एकता अझै सुदृढ् हुन सक्छ,’ पुनले भनेका छन्। क्रिसमसका अवसरमा सरकारले आइतबार बिदा दिएको छ।

प्रकाशित: १० पुष २०७९ ६:१० | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast