 राष्ट्र बैंक
                             राष्ट्र बैंक 
                                            काठमाडौँ– नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाईसी) अपडेट नगर्ने ग्राहकको खाता बन्द गर्न निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले केवाईसी अपडेट तत्काल गर्न र नगर्नेहरूको खाता बन्द गर्न निर्देशन दिएको हो।
एकीकृत निर्देशन २०७८ संशोधन गर्दै राष्ट्र बैंकले भनेको छ, ‘प्रचलित कानुन बमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना गर्न नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ।’
राष्ट्र बैंकले वित्तीय संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेश गर्न निर्देशन पनि दिएको छ।
                            प्रकाशित: १६ मंसिर  २०७९ १५:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 