केन्द्र समीकरणको असर : सुदूरपश्चिमको ठूलो दल कांग्रेस अब प्रतिपक्ष

हिमाल प्रेस ११ पुष २०७९ ९:३५ | Monday, December 26, 2022
केन्द्र समीकरणको असर : सुदूरपश्चिमको ठूलो दल कांग्रेस अब प्रतिपक्ष

धनगढी- केन्द्रमा एमाले-माओवादीसहित सात दलीय नयाँ गठबन्धन बनेसँगै सुदूरपश्चिममा पनि यसको असर परेको छ। अब सुदूरपश्चिमको ठूलो दल नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने भएको हो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नयाँ समीकरणमा सरकार बन्ने भएको छ। यो सहज पनि देखिन्छ । सरकार गठनका लागि २७ सांसद चाहिन्छ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७, एमालेका १०, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।

यसरी हेर्दा माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सांसदहरू गर्दा २९ हुन जान्छ। यसरी सहजै रूपमा नयाँ सरकार गठन हुने देखिन्छ। तर, सुदूरपश्चिम सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषय भने टुंगो लाग्न बाँकी छ।

प्रकाशित: ११ पुष २०७९ ९:३५ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast