कुमारीसँग मर्जरको प्रस्ताव एनसीसी बैंकको साधारण सभाबाट पारित

हिमाल प्रेस २६ मंसिर २०७९ १२:५१ | Monday, December 12, 2022
कुमारीसँग मर्जरको प्रस्ताव एनसीसी बैंकको साधारण सभाबाट पारित

काठमाडौँ- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को विशेष साधारण सभाले कुमारी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ।

मंसिर २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयर स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गरेको हो।

दुई बैंक एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनको आधारमा सेयर स्वाप अनुपात १ः१ निर्धारण गरिएको थियो।

विशेष साधारण सभाले एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जरसम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदनसमेत गरेको छ।

प्रकाशित: २६ मंसिर २०७९ १२:५१ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast