कालीकोट डोजर दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमाल प्रेस २५ मंसिर २०७९ १३:०९ | Sunday, December 11, 2022
कालीकोट डोजर दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

सुर्खेत- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भएको डोजर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन्।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

यस्तै घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए।

उनका अनुसार अझै तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन्।

प्रकाशित: २५ मंसिर २०७९ १३:०९ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast