कारोबार रकम र नेप्से परिसूचक दुवै घट्यो

हिमाल प्रेस १३ पुष २०७९ १५:२६ | Wednesday, December 28, 2022
कारोबार रकम र नेप्से परिसूचक दुवै घट्यो

काठमाडौँ- अर्थमन्त्रीको रूपमा विष्णु पौडेल भित्रिने हल्लाले सोमबार बिहानैबाट बढेको सेयर बजार मंगलबार पनि ठूलो अंकले बढ्यो। दुई दिन गरेर १०० अंकभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज (बुधबार) भने ११.८१ अंकले घटेको छ।

बजार खुलेदेखि तीव्र उतारचढाव देखिएको परिसूचक १९७२ बिन्दुमा पुगेर रोकिएको छ। आज परिसूचक मात्रै होइन, कारोबार रकममा पनि कमी आएको छ।

मंगलबार ३ अर्ब ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। आज भने २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका हिसाबले नबिल बैंक शीर्ष स्थानमा रह्यो। यसको ८ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार बैंकिङ उपसमूहको सूचक ०.९९ प्रतिशत, विकास बैंक ०.९७, होटल तथा पर्यटन २.१९, लगानी १.०९, उत्पादन ०.३०, लघुवित्त १.०५, अन्य ०.३८ र व्यापार उपसमूहको सूचक ०.८२ प्रतिशतले घटेको छ।

फाइनान्स ०.२४, जलविद्युत् ०.७१, जीवन बिमा ०.०५, सामूहिक लगानी ०.०६ र निर्जीवन बिमा उपसमूहको सूचक ०.१२ प्रतिशतले बढेको छ।

प्रकाशित: १३ पुष २०७९ १५:२६ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast