काराबाओ कप : सिटीसँग डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित

हिमाल प्रेस ८ पुष २०७९ ९:५१ | Friday, December 23, 2022
काराबाओ कप : सिटीसँग डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित

काठमाडौँ- नाथन आकेले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले काराबाओ कपमा लिभरपुललाई ३–२ ले पराजित गरेको छ। डिफेन्डिङ च्याम्पियनलाई चौथो चरणको खेलमा हराउन सिटीका लागि एर्लिङ हालान्ड र रियाद माहरेजले एक–एक गोल गरेका थिए। लिभरपुलबाट फाबियो कारभाल्हो र मोहम्मद सलाहले गोल फर्काए।

सिटीको इतिहाद रंगशालामा हालान्डले १० औँ मिनेटमा अग्रता दिलाएका थिए। तर त्यसको १० मिनेटपछि नै कारभाल्होको गोलमार्फत लिभरपुल खेलमा फर्किएको थियो।

दोस्रो हाफ सुरु हुनसाथ माहरेजको अग्रता इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीले स्थापित गरे। गोल खाएको एक मिनेटपछि लिभरपुलका सलाहले खेललाई २–२ को बराबरीमा पुर्‍याए। त्यसपछि सिटीले ५८ औँ मिनेटमा तेस्रो गोल ग¥यो। यसपटक रक्षक आकेले सिटीलाई खेलमा अघि बढाए। लिभरपुलले गोल थप्न नसकेपछि सिटीले क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्वकप खेलेका ६ खेलाडीलाई मैदानमा उतारेका थिए। आके, म्यानुएल अकान्जी, एयमेरिक लापोर्ट, रोड्री, केभिन डे ब्रुएना र एल्काइ गुन्डोगन पहिले एघारमै थिए।

गत वर्ष चेल्सीलाई पेनाल्टीमा ११–१० ले हराउँदै विजेता बनेको लिभरपुलले पनि बलियो टिम खेलाएका थियो। योर्गन क्लपले सलाह र कारभाल्होसँगै डार्विन नुनेजलाई अग्रपंक्तिमा राखेका थिए। कप्तान जोर्डन हेन्डरसन पनि पहिलो एघारमा फर्कदा उनीसँगै कतार गएको फुलब्याक ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकलाई भने आराम दिइयो।

प्रकाशित: ८ पुष २०७९ ९:५१ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast