काभ्रेको बेथानचोकमा बस दुर्घटना : १६ जनाको मृत्यु, २३ घाइते

हिमाल प्रेस २७ मंसिर २०७९ २०:४३ | Tuesday, December 13, 2022
काभ्रेको बेथानचोकमा बस दुर्घटना : १६ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ- काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिकामा बस दुर्घटना भएको छ। मंगलबार साँझ बेथानचोक गाउँपालिका-४ को पार्थली भन्ज्याङमा गाडी दुर्घटना भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले हिमालप्रेसलाई जानकारी दिए। बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो

‘बस दुर्घटना भयो। असाध्यै दुखद् खबर भयो। अहिलेसम्म १६ जनाको निधन भइसकेको छ। १४ जनाको घटनास्थलमै निधन भयो। दुई जनाको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भयो’ उनले भने।

गाडीमा सवार सबै बनेपा नगरपालिका ११ सल्लेबाट आफन्तको घर बेथानचोक ५ स्थित ब्रतबन्ध (छेवर)मा निम्तो मान्न गएका थिए। गाडीमा ४० बढी सवार थिए।

गाउँपालिका प्रमुख अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका दुई जनालाई काठमाडौँका अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरूको अवस्था गम्भीर छ। त्यस्तै ११ जनाको शीर मेमोरियल अस्पतालमा, ८ जनाको धुलीखेल अस्पताल र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित: २७ मंसिर २०७९ २०:४३ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast