कांग्रेस संस्थापनइतर समूहका नेताहरू छलफलमा

हिमाल प्रेस १३ पुष २०७९ १०:२९ | Wednesday, December 28, 2022
कांग्रेस संस्थापनइतर समूहका नेताहरू छलफलमा नेता शेखर कोइरालाको सम्पर्क कार्यालय।

काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूको बैठक शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ। बैठकमा नेताहरू शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, जीवन परियार, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायतको उपस्थिति छ।

बैठकमा कांग्रेस ठूलो दल भए पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको भन्नेबारे छलफल हुनेछ। साथै पार्टीको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।

प्रकाशित: १३ पुष २०७९ १०:२९ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast