कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

हिमाल प्रेस १३ पुष २०७९ १६:५६ | Wednesday, December 28, 2022
कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित फाइल तस्बिर।

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। बुधबार केहीबेरअघि सम्पन्न निर्वाचनमा लामाले २१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी इन्द्र बानियाँले १६ मत प्राप्त गरे।

लामा कांग्रेस केन्द्रीय सदस्य हुन् भने बानियाँ प्रदेश सभापति हुन्। बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन्।

लामा नुवाकोट २ (ख)बाट प्रदेशसमा सदस्यमा निर्वाचित हुन् भने बाँनिया मकवानपुर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन्।

प्रकाशित: १३ पुष २०७९ १६:५६ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast