कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे निर्वाचित

हिमाल प्रेस १३ पुष २०७९ १६:२३ | Wednesday, December 28, 2022
कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे निर्वाचित

पोखरा– नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। १८ मत प्राप्त गर्दै पाण्डे दलको नेतामा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत प्राप्त गरेका छन्।

गण्डकी प्रदेशसभामा कांग्रेसका कुल २७ जना सांसद छन्। जसमा १ मत बदर भएको छ। प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बुधबार दिउँसो ३ देखि ४ बजेसम्म मतदान भएको थियो। गोरखा २ (ख) बाट निर्वाचित पाण्डे संस्थापन र स्याङ्जा २ (ख) निर्वाचित अर्याल संस्थापनइतर पक्षका हुन्। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७ सिटमध्ये १४ जना संस्थापन पक्षीय छन्।

यस पदको आकांक्षीमा संस्थापन पक्षका बिन्दुकुमार थापा (कास्की) र संस्थापनइतर पक्षका महेन्द्रध्वज जिसी (नवलपुर) भए पनि उनीहरूले पाण्डे र अर्याललाई नै सहयोग गर्ने बताउँदै मनोनयन दर्ता नगरेपछि पाण्डे र अर्यालबीच प्रतिस्पर्धा हुँदा पाण्डे निर्वाचित भएका हुन्।

प्रकाशित: १३ पुष २०७९ १६:२३ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast