कांग्रेस इतर समूहले साझा धारणा बनाउन फेरि भेला गर्ने

हिमाल प्रेस १३ पुष २०७९ १३:५४ | Wednesday, December 28, 2022
कांग्रेस इतर समूहले साझा धारणा बनाउन फेरि भेला गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाउने भएको छ। बुधबार कोइरालाको सचिवालयमा बसेको उक्त समूहको बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो।

नेता अर्जुनरसिंह केसीले आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल भएको बताए। उनले भने, ‘आजको छलफलमा चुनाव र गठबन्धन भत्केको विषयमा केन्द्रित थियो। तर आज ठोस धारणा बनेन। फेरि बैठक बस्छ।’

कांग्रेस केन्द्रीय समितिको पुस २२ गते बस्दैछ। शेखर समूहको बैठक पनि केन्द्रीय समितिको बैठक अघि बस्ने तय भएको छ। त्यस्तै आज प्रदेशसभामा संसदीय दलको नेता चयनको विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन्।

आजको बैठकमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए।

प्रकाशित: १३ पुष २०७९ १३:५४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast