कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : पौडेल

हिमाल प्रेस १६ पुष २०७९ १४:२७ | Saturday, December 31, 2022
कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : पौडेल

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले दह्रो प्रतिपक्षी दलको भूमिका खेल्ने बताएका छन्। शनिबार तनहुँको भानु नगरपालिका ९ स्थित पुर्कोट कालिका क्याम्पसको १०औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक समीकरण बदलिएपछि कांग्रेस प्रतिपक्षी दलको भूमिकमा आएकाले कांग्रेस कार्यकर्ता निराश हुननपर्ने उनले बताए। ‘हामी सत्तामा नहुँदैमा निराश हुनु हुँदैन। कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ,’ उनले भने। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको पौडेलको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्न सक्नुपर्ने धारणा राखे।

प्रकाशित: १६ पुष २०७९ १४:२७ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast