कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

हिमाल प्रेस १२ पुष २०७९ १५:४३ | Tuesday, December 27, 2022
कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक कांग्रेस पार्टी कार्यालय

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठक पुस २२ गते शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्नेछ। संसद्को ठूलो दल हुँदा हुँदै पनि चुनावमा गएको गठबन्धन जोगाएर जान नसकेको लगायतको विषयमा कांग्रेसभित्रै सभापति शेरबहादुर देउवाको आलोचना भइरहेको छ। केही नेताहरूले त देउवाको राजीनामासमेत मागिरहेका छन्।

 

प्रकाशित: १२ पुष २०७९ १५:४३ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast