कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

हिमाल प्रेस ३ पुष २०७९ ७:२९ | Sunday, December 18, 2022
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने कांग्रेस पार्टी कार्यालय

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दै छ।

समसामयिक राजनीतिक विषयमा छलफलका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: ३ पुष २०७९ ७:२९ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast