कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोद शाहले लिए शपथ

हिमाल प्रेस ११ पुष २०७९ १३:११ | Monday, December 26, 2022
कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोद शाहले लिए शपथ

सुर्खेत- कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज (सोमबार) शपथ खुवाएका हुन्।

शाह प्रदेश सभा सदयहरूमध्ये ज्येष्ठ सदस्य हुन्। ज्येष्ठ सदस्यको हैसियतमा शाहलाई प्रदेश प्रमुखले शपथ खुवाएका हुन्। शाह दैलेख-२ प्रदेशसभा ख बाट निर्वाचित भएका हुन्।

शाहले शपथ लिइसकेपछि अरू संसद्लाई शपथ गराउने छन्।

प्रदेशसभा सचिवालयअनुसार आजै (सोमबार) ३ बजे सांसदहरूलाई शपथ खुवाउने तयारी भइरहेको छ।

प्रकाशित: ११ पुष २०७९ १३:११ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast