कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार

हिमाल प्रेस ७ पुष २०७९ १५:४३ | Thursday, December 22, 2022
कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार

सुर्खेत– कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दल नेताको निर्वाचन शनिबार हुने भएको छ। बिहीबार कांग्रेसको कर्णाली प्रदेशसभाको कार्यसमितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएक हो।

दलको नेताको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन शुक्रबार (भोलि) बिहान ८ बजेलाई राखिएको छ। मतदान गर्न आउँदा मतदाताले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भई निर्वाचन आयोगबाट प्राप्त प्रमाण पत्र ल्याउन पनि कांग्रेसले आग्रह गरेको छ।

कर्णालीमा जीवनबहादुर शाही र राजीवविक्रम शाह कांग्रेस दल नेताको दाबेदार छन्। शनिबार बिहान ९ बजे मतदान हुने कार्यतालिकामा उल्लेख छ।

यस्तो छ कार्यसूची:

 

प्रकाशित: ७ पुष २०७९ १५:४३ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast