 
                             
                                            काठमाडौँ- आइएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार आइएमईका जुनसुकै शाखामार्फत् पठाइएको पैसा नेपाल एसबीआई बैंकका देशभरका शाखाबाट भुक्तानी लिन सकिन्छ।
सम्झौतामा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका छन्।
आइएमईले २२५ सेन्टरसहित देशभरबाट करिब १२ हजार सबएजेन्टमार्फत् सेवा दिइरहेको छ।
                            प्रकाशित: ५ पुष  २०७९ १३:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 