एमाले-माओवादी गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस ११ पुष २०७९ १०:५६ | Monday, December 26, 2022
एमाले-माओवादी गठबन्धनको बैठक बस्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- सरकार विस्तारका लागि आज नेकपा एमाले-माओवादी नेतृत्वको गठबन्धनको बैठक बस्दैछ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा गठबन्धन दलको बैठक बस्न लागेको एमाले उपाध्यक्ष सुवास नेम्बाङले हिमाल प्रेसलाई जानकारी दिए।

‘हामी सबै दलको बैठक बस्न लागेको हो। एमालेबाट क-कसलाई सरकारमा पठाउने भन्‍ने बारे त्यही बैठकमा छलफल हुन्छ।’

नवनियुक्त प्रधानमन्त्री दाहालसहित आज विस्तार हुने सरकारका विषयमा छलफल हुनेछ। उपाध्यक्ष नेम्बाङले आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने जानकारी दिए। माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्‍ने भएका छन् ।

बैठकमा संघीय सरकारमा मन्त्रिपरिषद्मा जाने सदस्यहरूको भागबण्डाका विषयमा छलफल हुने कार्यसूची छ। यस्तै प्रदेश सरकार गठनका विषयमा पनि दुई पार्टी छलफल हुनेछ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

आइतबार बिहानसम्म कांग्रेस गठबन्धनमा रहेको माओवादी अपराह्नपछि मात्र एमालेसँग सहकार्य गर्न तयार भएको हो। एमालेका अर्का नेताले भने, ‘छलफलका धेरै विषय छन्। अहिले पनि सरकार गठनकै बारेमा कुराकानी हुनेछ।’ प्रधानमन्त्री दाहालले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गर्न कार्यक्रम छ।

प्रकाशित: ११ पुष २०७९ १०:५६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast