एमाले महासचिव पोखरेलले भने : ५ वर्ष पर्खन तयार छौँ तर मुलुक बर्बाद नहोस्

हिमाल प्रेस ३ पुष २०७९ १३:५९ | Sunday, December 18, 2022
एमाले महासचिव पोखरेलले भने : ५ वर्ष पर्खन तयार छौँ तर मुलुक बर्बाद नहोस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू प्रतिपक्षमै बस्न तयार रहेको बताएका छन्। काठमाडौँमा आइतबार भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आफूहरू ५ वर्ष पर्खन तयार रहेको बताएका हुन्।

‘हामी ५ वर्ष पर्खन तयार छौँ तर यो मुलुक बर्बाद नहोस् भन्ने हो,’ उनले भने, ‘यो गठबन्धनले राष्ट्रलाई सही तरिकाले सञ्चालन गर्न सक्दैन।’

उनले आफूहरू प्रतिपक्षमै बसेर भए पनि देशको हितका लागि भूमिका खेल्ने बताएका छन्। ‘हाम्रो प्रयास लोकतन्त्र संकटमा नपरोस् जनताले दुःख नपाउन् भन्ने हो, गठबन्धनले समाधान दिन सक्दैन,’ उनले भने, ‘देश राजनीतिक अस्थिरताको दुष्चक्रमा फस्ने, देशमा विभिन्न किसिमका संकट उत्पन्न हुने खतरा बढेको छ।’

देशलाई जोगाउने सामथ्र्य एमालेसँग मात्रै रहेको उनले दाबी गरे।

प्रकाशित: ३ पुष २०७९ १३:५९ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast