एमालेसँग एकता र राष्ट्रपतिको प्रस्ताव गरिएको छैन : नेकपा एस

हिमाल प्रेस १६ पुष २०७९ १६:११ | Saturday, December 31, 2022
एमालेसँग एकता र राष्ट्रपतिको प्रस्ताव गरिएको छैन : नेकपा एस फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव नेपालले कुनै दलसँग राष्ट्रपति बन्ने प्रस्ताव नराखेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमालेसँग अहिले नै पार्टी एकताको सम्भावना नरहेको पनि उनले स्पष्ट पारे। एमालेसँग एकता गरेर माधव नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला पार्टी प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका खतिवडाले यस्तो जानकारी दिएका हुन्।

एमालेले आधिकारीक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रश्ताव नगरेको उनले दोहोर्‍याए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नदिएपछि प्रचण्डले बाध्य भएर एमालेसँग नयाँ समीकरण बनाएको उनले बताए।

वाम एकता र पार्टी सुदृढीकरणमा पार्टीको ध्यान रहेकाले राष्ट्रपति पाउने या सरकारमा जानेबारे अहिले नै कुनै निर्णय भइनसकेको पनि खतिवडाले जानकारी दिए। सरकारमा सहभागी हुने या नहुनेबारे पार्टी पोलिटब्युरो बैठकमा छलफल गरेर निर्णय हुने उनले बताए।

प्रकाशित: १६ पुष २०७९ १६:११ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast