एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा दाहाल

हिमाल प्रेस १४ पुष २०७९ १०:२४ | Thursday, December 29, 2022
एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा दाहाल मन्त्री दाहाल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन्।

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक भएका हुन्।

प्रकाशित: १४ पुष २०७९ १०:२४ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast