काठमाडौँ- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ।
एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनले पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने बताए ।
उनका अनुसार भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुनेछ।
प्रकाशित: ४ पुष २०७९ ८:३३ | Monday, December 19, 2022
प्रतिक्रिया




