एन्टाको अफिसियल स्टोर नेपालमा

हिमाल प्रेस ९ पुष २०७९ २२:०८ | Saturday, December 24, 2022
एन्टाको अफिसियल स्टोर नेपालमा

काठमाडौँ– फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तर्राष्ट्रिय ब्रान्ड एन्टाले नेपालमा अफिसियल स्टोरको शुभारम्भ गरेको छ। एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लिमार्फत औपचारिक बिक्री वितरण सुरु गरेको हो।

काठमाडौँ सुन्धारास्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले शो रुम उद्घाटन गरेका हुन्। महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै एन्टाजस्तो अन्तर्राष्ट्रिय ब्रान्डले नेपालमा औपचारिक रूपमा बिक्री वितरण सुरु गर्नु उपभोक्ताको लागि खुसीको कुरा रहेको बताए।

स्पोर्टस् भेन्चरका सञ्चालक विश्वास थोकरले एन्टाको एक्स्क्लुसिभ स्टोरमार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडादेखि फिटनेस तथा खेलकुदका सामग्री उपलब्ध रहेको जानकारी दिए। थोकरले चाइनाको लिडिङ ब्रान्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको भन्दै एन्टाको गुणस्तर र ब्रान्ड नेटवर्कको आधारमा उपभोक्ता ढुक्क हुने विश्वास व्यक्त गरे।

औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर राखिएको उनको भनाइ छ। सिभिल मलका साथै पुल्चोकमा लविम मल र दरबार मार्गमा मल्टिपल ब्रान्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको थोकरले जानकारी दिए।

प्रकाशित: ९ पुष २०७९ २२:०८ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast