एनएमबि बैंकले मनकामना बजार डिजिटल बनाउँदै

हिमाल प्रेस ४ पुष २०७९ १२:१९ | Monday, December 19, 2022
एनएमबि बैंकले मनकामना बजार डिजिटल बनाउँदै

गोरखा- एनएमबि बैंक लिमिटेडले फोन पेको सहकार्यमा मनकामना बजार डिजिटल बनाउने अभियान सुरु गरेको छ।

क्यूआरमार्फत् मन्दिरमा भेटी चढाउँदै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले संयुक्त रूपमा अभियानको सुरुवात गरेका हुन्।

एनएमबिको डिजिटल अभियान सुरु भएसँगै मनकामना मन्दिर परिसरमा पूजा सामग्री तथा फलफूल खरिद, रेस्टुरेन्टलगायत सबै क्षेत्रमा ग्राहकले विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।

प्रकाशित: ४ पुष २०७९ १२:१९ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast