काठमाडौँ- एनएमबि बैँक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक लबीमा रहेका स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ।
सम्झौताअनुसार ग्राहकले लाउन्जका विभिन्न सेवामा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा अधिकतम् २० प्रतिशत छुट पाउनेछन्।
सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन्।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अतिरिक्त सेवामा पनि सहजता मिलोस् भनेर बैंकले विभिन्न मर्चेन्टसँग सहकार्य गर्दै आएको छ।
एनएमबि बैंकका देशभर २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर छन्।
प्रकाशित: ६ पुष २०७९ १२:३७ | Wednesday, December 21, 2022
प्रतिक्रिया



