एडभान्स सरस्वती प्रकाशनको पाठ्यसामग्री प्रयोग नगर्न निर्देशन

हिमाल प्रेस ५ पुष २०७९ १६:४४ | Tuesday, December 20, 2022
एडभान्स सरस्वती प्रकाशनको पाठ्यसामग्री प्रयोग नगर्न निर्देशन

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले एडभान्स सरस्वती प्रकाशनको पाठ्यसामग्री प्रयोग नगर्न सूचित गरेको छ।

केन्द्रले सूचना जारी गर्दै एडभान्स सरस्वती प्रकाशनबाट २०७७ सालमा प्रकाशित कक्षा ११ र २०५८ सालमा प्रकाशित कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यसामग्री प्रयोग नगर्न सूचित गरेको हो।

पुस्तक प्रकाशन गर्दा अनियमितता गरेको पाइएकोले सो पाठ्यसामग्री प्रयोग गर्न दिएको स्वीकृति केन्द्रले खारेज गर्ने निर्णय गरेको छ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने मंगलबार बसेको केन्द्रको बैठकले निर्णय गरेको हो। केन्द्रले पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्री वितरणसमेत नगर्न सूचित गरेको छ।

प्रकाशित: ५ पुष २०७९ १६:४४ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast