एकीकृत समाजवादीले डाक्यो आकस्मिक बैठक

हिमाल प्रेस १३ पुष २०७९ १४:५० | Wednesday, December 28, 2022
एकीकृत समाजवादीले डाक्यो आकस्मिक बैठक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा छलफलका लागि पार्टी शीर्ष नेताहरूको आकस्मिक बैठक बोलाएको छ। सरकारमा सहभागी हुने या नहुनेलगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ।

नेपाली कांग्रेससँगको गठबन्धन भंग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा आफूलाई केही खबर नगरेको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल असन्तुष्ट रहँदै आएका छन्।

उनै नेपाल भेटेर प्रचण्ड आफैँले छलफल अघि बढाएपछि अहिले दलको आकस्मिक बैठक बसिरहेको छ। नेपालसहितका नेतालाई एमालेकै फर्काउन र अहिलेको सरकारमा सहभागी हुन एमाले दोस्रो तहका  नेताहरू पनि सक्रिय छन्। उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायत नेता नेपाललाई एमालेमै फर्काउन प्रयासरत छन्। नेपालले नेताहरूसँगको भेटमा भएको छलफलबारे अहिले पार्टी बैठकमा ब्रिफिङ गर्दैछन्।

प्रकाशित: १३ पुष २०७९ १४:५० | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast