एकीकृत समाजवादीको बैठक बस्दै, दलको नेता छान्‍ने

हिमाल प्रेस ४ पुष २०७९ ८:१४ | Monday, December 19, 2022
एकीकृत समाजवादीको बैठक बस्दै, दलको नेता छान्‍ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको छ।

संसदीय दलको नेता चयन गर्न आज दिउँसो १ः३० बजे काठमाडौँमा पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ।

दलको नेतामा अध्यक्ष माधवकुमार नेपालको मात्र दाबी छ। यसपटक राष्ट्रिय पार्टी पनि नबनेका कारण संसदीय दलको काम, कर्तब्य कम हुने भएकाले अन्य नेताले आकांक्षा देखाएका छैनन्।

आजकाे बैठकमा जनप्रतिनिधिलाई पनि सम्मान गरिने छ। साथै पार्टीकाे अबकाे बाटोका बारेमा पनि छलफल हुने छ।

समाजवादीले प्रतिनिधिसभामा १० सिट जितेको छ।

प्रकाशित: ४ पुष २०७९ ८:१४ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast