उपसभापति गुरुङ भन्छन् : गम्भीर प्रकृतिका विषय अध्यादेशबाट ल्याउनु हुँदैन

हिमाल प्रेस २६ मंसिर २०७९ १८:०६ | Monday, December 12, 2022
उपसभापति गुरुङ भन्छन् : गम्भीर प्रकृतिका विषय अध्यादेशबाट ल्याउनु हुँदैन

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि रेशम चौधरीलगायतलाई माफी दिन अध्यादेश ल्याइनु विधिको शासनविरुद्ध भएको बताएका छन्।

आइतबारको मन्त्रिपरिषद्‌को बैठकले ‘मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने’ निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। कांग्रेस उपसभापति गुरुङले अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने बताएका छन्।

‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ। प्रजातन्त्र भनेकै विधिको शासन हो। विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ’ गुरुङले भने।

कांग्रेसका नेताहरू डा.शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेलले पनि अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गरेका छन्। उनीहरूले अध्यादेशबारे दलभित्र छलफल नगरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७९ १८:०६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast