उपत्यकाको फोहर एक साता नउठ्ने

हिमाल प्रेस ८ पुष २०७९ ८:२१ | Friday, December 23, 2022
उपत्यकाको फोहर एक साता नउठ्ने फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन एक साताका नउठ्ने भएको छ। सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो।

सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा ढलान तथा कालोपत्रे गर्नुपर्ने भएकाले एक साताका लागि फोहोर ढुवानी रोक्न सहरी विकास मन्त्रालयले महानगरलाई आग्रह गरेको छ। सोहीअनुसार महानगरले ढुवानी रोक्ने तयारी गरेको हो।

ढुवानी बन्द भएपछि उपत्यकामा नियमित फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ। तर, सडकमै फोहोर थुप्रने गरी व्यवस्थापन नरोकिने महानगरले जनाएको छ। यदि फोहर सडकमा जम्मा हुने अवस्था देखिएका टेकुमा लगेर थुपारिनेछ।

हाल उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर उत्पादन हुन्छ। सो फोहरमध्ये झन्डै ७५ प्रतिशत फोहोर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ। अन्य फोहर भने निजी कम्पनीसँगको सहायतामा यही व्यवस्थापन हुन्छ।

प्रकाशित: ८ पुष २०७९ ८:२१ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast