उपचार नपाएर सप्तरीमा ५ जनाको मृत्यु भएको होइन : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस ३ पुष २०७९ १९:०५ | Sunday, December 18, 2022
उपचार नपाएर सप्तरीमा ५ जनाको मृत्यु भएको होइन : स्वास्थ्य मन्त्रालय फाइल तस्बिर

काठमाडौँ– स्वास्थय तथा जनसंख्या मन्त्रालयले सप्तरीमा केही दिनअघि अत्यधिक रक्सी सेवनका कारण स्थानीय व्यक्तिको मृत्यु भएको दाबी गरेको छ। शनिबार केही राष्ट्रिय दैनिकहरूले उपचार नपाएर विपन्न दलितहरूको मृत्यु भएको समाचार प्रकाशन गरेकोमा मन्त्रालयले उक्त दाबी गरेको हो।

उपचार नभएर नभई अत्यधिक रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको मन्त्रालयले जिकिर गरेको छ। मृत्यु भएका ५ जनामध्ये ३ जनाको अत्यधिक रक्सी सेवनका कारण र २ जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ३ पुष २०७९ १९:०५ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast