इन्फरमेटिक्स कलेज पोखराका १८१ विद्यार्थी दीक्षित

हिमाल प्रेस ४ पुष २०७९ १५:४२ | Monday, December 19, 2022
इन्फरमेटिक्स कलेज पोखराका १८१ विद्यार्थी दीक्षित

काठमाडौँ- इन्फरमेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा स्नातक तहअन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन विषय अध्ययन गरेका विद्यार्थी दीक्षित भएका हुन्।

कलेका अनुसार बीए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बीएससी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने १६८ जना विद्यार्थी दीक्षित भए।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपले सञ्चालन गरेको हो। दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

दीक्षान्त समारोहमा बोल्दै आईएनजी ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगारीको अवसर पाइरहेको बताए। उनले भने, ‘बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट छ। यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा छन्।’

अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वःअध्ययन बढेको धारणा समेत व्यक्त गरे।

प्रकाशित: ४ पुष २०७९ १५:४२ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast