 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– नेपालमा इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटेको जानकारी दिएको हो। शुक्रबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको निगमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मटितेल प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो।
यता हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जारी गरेको सूचनामा भनिएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएपछि निगमले नयाँ मूल्य कायम गर्ने भएको हो।

                            प्रकाशित: १ पुष  २०७९ २०:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 