काठमाडौँ- इटहरी इन्टरनेशनल कलेजको सन् २०२२ को दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तहअन्तर्गत बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी दीक्षित भएका छन्।
उक्त अवसरमा कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिसमेत उपलब्ध गराएको छ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ।
दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
प्रकाशित: १ पुष २०७९ १२:२९ | Friday, December 16, 2022
प्रतिक्रिया



