आज काठमाडौँमा नेपथ्यको कार्यक्रम

हिमाल प्रेस १६ पुष २०७९ ७:२४ | Saturday, December 31, 2022
आज काठमाडौँमा नेपथ्यको कार्यक्रम

काठमाडौँ- महिनाव्यापी संगीतयात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ काठमाडौँमा हुँदैछ। मानवसेवा आश्रमको आयोजनामा भृकुटीमण्डपमा शनिबार अन्तिम कन्सर्ट हुन लागेको हो।

रानीवनस्थित आश्रममा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष रामजी अधिकारीले ९ शहरमा भव्यताका साथ सम्पन्न भएको कन्सर्ट शनिबार भृकुटीमण्डपमा गर्न लागेको जानकारी दिए। अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित ६ हजार दर्शकको उपस्थिति रहने उनले बताए।

अधिकारीले सडक आश्रित व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने संगीत अभियान चलाएको जानकारी दिए।

नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङले मानवता प्रवर्धनका लागि आश्रमले गरेको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे।

प्रकाशित: १६ पुष २०७९ ७:२४ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast