आईपीओको तयारीमा रहेको नर्भिकले ४० प्रतिशत लाभांश दिने

हिमाल प्रेस ६ पुष २०७९ १५:२३ | Wednesday, December 21, 2022
आईपीओको तयारीमा रहेको नर्भिकले ४० प्रतिशत लाभांश दिने

काठमाडौँ- प्राथमिक सेयर निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।

हस्पिटल सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।

घोषित लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको छ।

हाल नर्भिक हस्पिटलको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ छ। यसअनुसार ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोही बराबरकै नगद लाभांश वितरण गर्ने हस्पिटलले जनाएको छ।

घोषित लाभांश वितरणपछि नर्भिकको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। नर्भिक हस्पिटल दुई वर्षअघि पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो।

प्रकाशित: ६ पुष २०७९ १५:२३ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast