अशोक राईले भने : कांग्रेस र माओवादीको सरकार बन्ने सम्भावना सकियो

हिमाल प्रेस १० पुष २०७९ १४:५५ | Sunday, December 25, 2022
अशोक राईले भने : कांग्रेस र माओवादीको सरकार बन्ने सम्भावना सकियो

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले कांग्रेस-माओवादीसहितको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले, माओवादी, जसपा, राप्रपा, रास्वपाका शीर्ष नेतासहितको छलफलमा सहभागी भएर बाहिरिएका राईले यस्तो बताएका हुन्।

‘कांग्रेस र माओवादी सम्मिलित सरकार बन्ने सम्भावना सकियो,’ उनले भने, ‘अब सरकार बन्ने दुई विकल्प छन्। एमाले-कांग्रेस र एमाले-माओवादी भएको गठबन्धन बनेमात्रै सरकार बन्छ।’

प्रकाशित: १० पुष २०७९ १४:५५ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast