अर्थतन्त्र लयमा फर्काउने मन्त्री पौडेलको प्रतिबद्धता

हिमाल प्रेस १३ पुष २०७९ २१:२४ | Wednesday, December 28, 2022
अर्थतन्त्र लयमा फर्काउने मन्त्री पौडेलको प्रतिबद्धता फाइल तस्बिर- रासस

काठमाडौँ– उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई लयमा पर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले यस्तो बताएका हुन्।

राम्रो कामको प्रशंसा र गलत कामको आलोचनात्मक टिप्पणी गर्न उनले पत्रकारहरूलाई आग्रह पनि गरेका छन्। ‘अर्थतन्त्रको स्थिति नियन्त्रणबाहिर पुग्यो भन्ने होइन। केही समस्याहरू पक्कै छन्, यिनलाई सुधार गर्दै अर्थतन्त्रलाई लयमा फर्काउने छु,’ उनले भने।

अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनुपर्ने सबैको साझा सरोकार भएकोले आफूले यसको मर्म बुझेर काम गर्ने मन्त्री पौडेलको भनाइ छ। सबल अर्थतन्त्र निर्माणका लागि धेरै काम गर्नुपर्ने भएकाले यसमा सबै पक्षको रचनात्मक सुझाव र भूमिका आवश्यक भएको उनले बताए।

प्रकाशित: १३ पुष २०७९ २१:२४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast