अमेरिकामा प्रतिहप्ता ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

हिमाल प्रेस १४ पुष २०७९ २१:४९ | Thursday, December 29, 2022
अमेरिकामा प्रतिहप्ता ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

न्यूयोर्क– संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ । पछिल्लो केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्ला हप्ताहरूमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरूको संगठनले बुधबार यस्तो तथ्यांक दिएका हुन्। यहाँ कोभिड संक्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन्।

ती तथ्यांकमा गएका ४ हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन्। अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ। त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरूमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले उमेर समूहका आधारमा कोभिड संक्रमितहरूको तथ्यांक तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।

प्रकाशित: १४ पुष २०७९ २१:४९ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast