अपांगता संरक्षण नेपाललाई ९५० थान सेतो छडी हस्तान्तरण

हिमाल प्रेस २६ मंसिर २०७९ १५:२६ | Monday, December 12, 2022
अपांगता संरक्षण नेपाललाई ९५० थान सेतो छडी हस्तान्तरण

काठमाडौँ- अपांगता संरक्षण नेपालले आइतबार अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। कार्यक्रममा बीपी कोइराला फाउन्डेसनले अपांगता संरक्षण नेपाललाई ९५० थान सेतो छडी हस्तान्तरण गरेको छ।

दृष्टिविहीनहरूको सहयोगार्थ नेपालभर वितरणका लागि सेतो छडी हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ।

कार्यक्रममा फाउन्डेसनका सचिव तथा भारतीय दूतावासका प्रथम सचिव डा.साहिल कुमारको उपस्थिति थियो। फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्री उपलब्ध गराएको थियो।

फाउन्डेसन भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा स्थापना भएको हो।

प्रकाशित: २६ मंसिर २०७९ १५:२६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast