अपहरणमा परेका म्यानपावर कम्पनी सञ्चालकको उद्धार

हिमाल प्रेस १३ पुष २०७९ १३:२४ | Wednesday, December 28, 2022
अपहरणमा परेका म्यानपावर कम्पनी सञ्चालकको उद्धार

जनकपुरधाम- मधेश प्रदेश प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरणमा परेका एक व्यक्तिको उद्धार गरेको छ। काठमाडौँमा म्यानपावर चलाउँदै आएका सिरहा लहानका ईसर सिद्धिकलाई प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको टोलीले उद्धार गरेको हो।

गत पुस ९ गते सिद्दीकी काठमाडौँबाट जनकपुरधाम आएका बेला अपहरणमा परेका थिए। प्रहरीले अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहाका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार विदेश पठाइदिन भन्दै महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वामा बोलाएर शेषले सिद्धिकीलाई अपहरण गरेका थिए। सिद्धिकीको ससुरालीसमेत बेतहा हो। बेतहाकै शेषसँग सिद्धिको पुरानो लेनदेन विवाद रहेको प्रहरीले जनाएको छ।

सिद्धिकीले शेषसँग ५ लाख रूपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए।

अपहरण भएपछि प्रहरी निरीक्षक साहको कमाण्डमा खटिएको टोलीले फिरौतीको रकम ९ लाखसहित सिद्धिकीलाई उद्धार गर्न सफल भएको थियो। पक्राउ परेका भारतीय नागरिक शेष जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा छन्।

प्रकाशित: १३ पुष २०७९ १३:२४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast