भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:५५
भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु

काठमाडौँ- भक्तपुरको एक घरमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा तीनतले कच्ची घरमा बिहान ८ बजे आगलागी भएको हो।

आगलागीमा परेर आत्माराम केसीकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

आगलागीमा परेर सोही घरकी हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले जानकारी दिए।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध वारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =