सत्ता सञ्‍चालनमा नयाँपन जरुरी छ : कृष्ण सिटौला

हिमाल प्रेस ११ मंसिर २०७९ २०:४२
26
SHARES
सत्ता सञ्‍चालनमा नयाँपन जरुरी छ : कृष्ण सिटौला

बिर्तामोड– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकको राजनीति अब नयाँ दिशातर्फ जानुपर्ने बताएका छन्।

झापाको भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिन जरुरी छ,’ उनले भने, ‘जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ।’

मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले सत्ता सञ्चालनमा पनि नवीनता आउन जरुरी रहेको उनको भनाइ छ।

‘पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन,’ उनले भने, ‘यसतर्फ पनि सोच्ने बेला आएको छ।’

निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहनेसमेत उनले स्पष्ट पारे।

निर्वाचनको अन्तिम परिणामसँगै सत्तागठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्या समाधान गर्नेमा आफू विश्वस्त भएको उनले उल्लेख गरे।

प्रकाशित: ११ मंसिर २०७९ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =