१२० सिटको नतिजा आउँदा ४१ सहित कांग्रेस अगाडि, कसको कति?

हिमाल प्रेस ९ मंसिर २०७९ ११:१६
5.8k
SHARES
१२० सिटको नतिजा आउँदा ४१ सहित कांग्रेस अगाडि, कसको कति? तस्बिरः रासस

काठमाडौँ- प्रतिनिधिसभा प्रत्यक्षतर्फ १२० सिटको नतिजा सार्वजनिक भएको छ। जारी मत गणनामा नेपाली कांग्रेस ४१ स्थानमा निर्वाचित भएको छ। एमाले ३० स्थानमा निर्वाचित भएर दोस्रो स्थानमा छ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रका उम्मेदवार १२ स्थानमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार १० स्थानमा विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सात ठाउँमा निर्वाचित भएको छ। यसैगरी राप्रपाका उम्मेदवार पाँच ठाउँमा निर्वाचित भएका छन् भने विभिन्न दलबाट बागी उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवार पाँच ठाउँमा निर्वाचित भएका छन्।

जसपा तीन, लोसपामा दुई र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार दुई ठाउँमा विजयी भएका छन्। नेमकिपा, जनमत र राष्ट्रिय जनमोर्चा एकएक स्थानमा विजयी भएका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ। अब ४५ सिटको नतिजा आउन बाँकी छ। तीमध्ये जारी मतगणनामा कांग्रेस १२, एमाले १६ र माओवादी ६ सिटमा अगाडि छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक, राप्रपा दुई, जसपा तीन, लोसपा एक र नागरिक उन्मुक्ति पार्टी एक स्थानमा अगाडि छन्। दोलखा र बाजुरमा मतगणना सुरु हुन सकेको छैन।

नेपाली कांग्रेस

विश्वप्रकाश शर्मा– झापा १
डा. शेखर कोइराला–मोरङ ६
रामहरि खतिवडा – ओखलढुंगा
अजयकुमार चौरसिया– पर्सा २
रमेश रिजाल–पर्सा ३
देवप्रसाद तिमलसेना- रौतहट ४
दिनेशकुमार यादव–सप्तरी ३
रामकृष्ण यादव– धनुषा २
प्रकाशमान सिंह– काठमाडौँ १
सन्तोष चालिसे– काठमाडौँ ३
गगनकुमार थापा– काठमाडौँ ४
प्रदीप पौडेल– काठमाडौँ ५
राजेन्द्रकुमार केसी– काठमाडौँ १०
दुर्लभ थापा क्षेत्री– भक्तपुर २
मोहन आचार्य– रसुवा
उदयशमशेर राणा – ललितपुर १
श्यामकुमार घिमिरे – सिन्धुली १
रामनाथ अधिकारी– धादिङ २
मोहनबहादुर बस्नेत– सिन्धुपाल्चोक २
राजेन्द्र बजगाईँ – गोरखा १
रामचन्द्र पौडेल – तनहुँ १
शंकर भण्डारी – तनहुँ २
शशांक कोइराला – नवलपरासी पूर्व–१
विष्णुकुमार कार्की– नवलपरासी पूर्व–२
टेकबहादुर गुरुङ– मनाङ
योगेश गौचन थकाली – मुस्ताङ
खमबहादुर गर्बुजा – म्यादी
विनोदकुमार चौधरी– नवलपरासी पश्चिम–१
दीपक गिरी– दाङ ३
किशोरसिंह राठौर – बाँके ३
सञ्जय कुमार गौतम–बर्दिया १
दिक्पालकुमार शाही– दैलेख २
पूर्णबहादुर खड्का– सुर्खेत १
हृदयराम थानी – सुर्खेत २
पुष्पबहादुर शाह – अछाम १
एनपी साउद – कञ्चनपुर २
रमेश लेखक – कञ्चनपुर ३
वीरबहादुर बलायर – कैलाली ४
डिल्लीराज पन्त – कैलाली ५
शेरबहादुर देउवा– डडेल्धुरा
दिलेन्द्रप्रसाद बडू – दार्चुला

एमाले

अम्बरबहादुर रायमाझी– उदयपुर २
देवराज घिमिरे– झापा २
लालप्रसाद साँवा लिम्बू –झापा ४
केपी शर्मा ओली– झापा ५
योगेश भट्टराई– ताप्लेजुङ
रोजन्द्रकुमार राई– धनकुटा
वसन्तकुमार नेम्बाङ
मानवीर राई– सोलुखुम्बु
जुलीकुमारी महतो– धनुषा ३
राजकुमार गुप्ता– पर्सा ३
अच्युतप्रसाद मैनाली–बारा १
ज्वालाकुमारी साह–बारा ३
हरिप्रसाद उप्रेती– सर्लाही ३
रामशंकर यादव– सिरहा १
कृष्णगोपाल श्रेष्ठ– काठमाडौँ ९
महेशकुमार बर्तौला– मकवानपुर २
प्रेमबहादुर महर्जन – ललितपुर २
मनबहादुर गुरुङ–कास्की १
विद्या भट्टराई – कास्की २
दामोदर पौडेल बैरागी– कास्की ३
पदम गिरी – पर्वत
पृथ्वीसुब्बा गुरुङ– लमजुङ
टोपबहादुर रायमाझी – अर्घाखाँची
बलराम अधिकारी–कपिलवस्तु १
गोकर्णराज विष्ट– गुल्मी २
सूर्यबहादुर थापा क्षेत्री– प्यूठान
सूर्यप्रसाद ढकाल– बाँके १
वासुदेव घिमिरे – रुपन्देही ५
तारा लामा तामाङ– कञ्चनपुर १
दामोदर भण्डारी– बैतडी

माओवादी

अमनलाल मोदी– मोरङ ४
रामकुमार राई – खोटाङ
सुदन किराती – भोजपुर
माधव सापकोटा– सिन्धुपाल्चोक १
लेखनाथ दाहाल– सिन्धुली २
पुष्पकमल दाहाल ‘प्रचण्ड’– गोरखा २
देवेन्द्र पौडेल– बागलुङ २
रेखा शर्मा – दाङ २
पूर्णबहादुर घर्ती – रुकुमपूर्व
वर्षमान पुन– रोल्पा
शक्तिबहादुर बस्नेत– जाजरकोट
जनार्दन शर्मा–रुकुम पश्चिम

एकीकृत समाजवादी

कृष्णकुमार श्रेष्ठ– बारा ४
माधवकुमार नेपाल– रौतहट १
राजेन्द्रप्रसाद पाण्डे–धादिङ १
मेटमणि चौधरी– दाङ १
अम्बरबहादुर थापा– दैलेख
धनबहादुर बुढा–डोल्पा
प्रकाश ज्वाला– सल्यान
शेरबहादुर कुँवर– अछाम
प्रेमबहादुर आले– डोटी
भानुभक्त जोशी – बझाङ

रास्वपा

सोबिता गौतम– काठमाडौँ २
शिशिर खनाल – काठमाडौँ ६
गणेश पराजुली – काठमाडौँ ७
विराजभक्त श्रेष्ठ – काठमाडौँ ८
तोसिमा कार्की – ललितपुर ३
हरि ढकाल–चितवन १
रवि लामिछाने– चितवन २

राप्रपा

राजेन्द्रप्रसाद लिङ्देन– झापा ३
दीपकबहादुर सिंह– मकवानपुर १
ध्रुवबहादुर प्रधान– नवलपरासी पश्चिम २
धवलशमशेर राणा– बाँके २
ज्ञानबहादुर शाही– जुम्ला १

स्वतन्त्र

योगेन्द्र मण्डल– मोरङ ५
किरणकुमार साह– रौतहट २
प्रभु साह– रौतहट ३
अमरेशकुमार सिंह– सर्लाही ४
लालवीर चौधरी– बर्दिया २

जसपा

प्रदीप यादव– पर्सा १
नवलकिशोर साह सुडी– सप्तरी १
वीरेन्द्रप्रसाद महतो– सिरहा ४

लोसपा

रामप्रकाश चौधरी– सर्लाही १
सर्वेन्द्रनाथ शुक्ला– रुपन्देही ४

नागरिक उन्मुक्ति पार्टी

रञ्जिता चौधरी– कैलाली १
गंगाराम चौधरी– कैलाली ३

नेमकिपा

प्रेम सुवाल– भक्तपुर १

जनमत पार्टी

सीके राउत–सप्तरी २

राजमो

चित्रबहादुर केसी– बागलुङ १

प्रकाशित: ९ मंसिर २०७९ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast